लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको छ ।
प्रदेश प्रमुखको कार्यालय बुटवलले मङ्गलवार विज्ञप्ति जारी गर्दै हिउँदे अधिवेशन सकिएको जनाएको छ । कार्यालयका सचिव प्रह्लाद पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८० साल वैशाख १९ गते मङ्गलवार राति १२:०० बजेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको उल्लेख गरिएको छ ।

प्रदेश सरकारले बजेटको लागि तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त गरी बजेट अधिवेशन बोलाइने छ ।







प्रतिक्रिया राख्नुहोस्