हिमपहिरोमा ५ जना पुरिए, ७ सकुशल
दार्चुला । जिल्लाको ब्यास गाउँपालिका–१ भोमिनको हिमपहिरोमा परि ५ जना बेपत्ता भएका छन्। यार्सागुम्बा सङ्कलन गर्न भोमिन पुगेका १२ जनामध्ये ७ जना सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यार्सा सङ्कलन गर्ने १२ जनाको समूह एउटै पालमुनि बस्दै आएका थिए । हिमपहिरो आउने बित्तिकै ७ जना भाग्न सफल भएका छन् । तीमध्ये २ जनालाई सामान्य घाइते अवस्थामा उद्धार गरिएको सितापुल प्रहरी चौकी छाङरूका प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।
हिमपहिरोमा ४ महिला र १ पुरुष अझै बेपत्ता छन् । पुरिनेमा ३ जना कैलालीको बुडर र २ जना दुहु गाउँपालिका पोक्सेका रहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्