धमाधम कालोपत्रे हुँदै रंगेलीका सडक

विराटनगर । मोरङको रंगेली नगरपालिका अन्तर्गतका सडकहरू धमाधम कालोपत्रे हुन थालेका छन् । यस अघि ग्राभेल र धुलाम्मे अवस्थामा रहेका सडकहरूलाई नगरपालिकाले स्तर उन्नति गर्दै कालोपत्रे गर्न थालेको हो ।
पालिकाले अहिले कर्सीया बजारदेखी शुक्रवारे गोहिगाडा चौकसम्मको सडक स्थरउन्नतीगर्दै कालोपत्रे गर्न थालेको छ । ग्रामीण सडक सञ्जाल परियोजना अन्तर्गत एडिवीको सहयोगमा सडक कालोपत्रे हुन थालेको हो ।
सडक विस्तार एवं कालोपत्रेका लागी २० महिना अघि रौता कन्स्ट्रक्सन ठेक्का सम्झौता भएको थियो । सल्याप कलर्भड तथा बजार क्षेत्रमा नाला निमार्णसँगै ६० प्रतिशत सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र यही जेठ–१५ सम्म सडक निमार्णको सबै काम सम्पन्न हुने रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवालले बताउनुभयो ।

कर्सिया बजारदेखी ववियार्विता गोहीगाडा शुक्रवारे चौकसम्मको ९ किलोमिटर सडकमा यात्रु बस सञ्चालन भइरहेका छन् । लामो समयदेखि ग्राभेल अवस्थामा रहेको उक्त सडक वर्षायाममा हिलाम्मे र सडक भत्कँदा यात्रु बस लगायत अन्य सवारी साधनको आवत जावतमा समस्या हुँदै आएको थियो ।
कर्सिया बजारदेखी ववियाविर्ता गोहीगाडा जोडने उक्त सडक आवतजावत तथा आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले त्यसलाई प्राथमिकतामा राखेर सडक विस्तार एवं कालोपत्रे गरिएको मेयर अग्रवालले बताउनुभयो । साढे पाँच मिटर चौडाई रहेको उक्त सडक बजार क्षेत्रमा १० मिटर विस्तार गरिएको छ ।

रौता कन्स्ट्रक्सन मेनेजर शिशिर कन्दनवाले असार मासान्तसम्म सडक कालोपत्रे गर्ने सम्झौता म्याद भएपनि डेढ महिना अगावै काम सम्पन हुने बताउनुभयो । झापाको पाडाजंगीमा निमार्ण भएको साढे तीन किलोमिटर सडक र कर्सिया बजारदेखी ववियार्वीता गोहिगाडा सम्मको ९ किलोमिटर गरि दुबै सडकको निमार्ण लागत ३१ करोड रुपैयाँ रहेको छ । कन्स्ट्रक्सन मेनेजर कन्दनवाले सडकमा पर्ने बिजुलीका पोलहरू विद्युत् प्राधिकरणले समयमा नर्सादा काममा ढिलाइ भएको बताउनुभयो ।
निकै आवतजावत हुने उक्त सडकमा कालोपत्रे भएपछि स्थानीय समेत खुशि भएका छन् । सडक कालोपत्रे भएपछि सो क्षेत्रका मानिसलाई कर्सिया हुँदै विराटनगर जाने यात्राको दुरी घटने र आवत जावतमा सहज हुने स्थानीय नवराज गौतमको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्