तपाईँ सुन्दै हुनुहुन्छः

फरार कैदी पक्राउ

महोत्तरी ।  उपचारको क्रममा फरार रहेका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार राती पक्राउ गरेको छ ।

महोत्तरी जलेश्वर कारागारमा पुर्पक्षको लागि थुनामा रहेका कैदी कृष्णा यादवलाई जलेश्वर नगरपालिका वडा नम्बर ३ स्थित मलिबारामा लुकीछिपी हिँड्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले पक्राउ गरेको हो । 

कारागारमा रहँदाको अवस्थामा यादव बिरामी भएको भन्दै उपचारको लागि चैत २४ गते जनकपुर उपचारको लागि लगिएकोमा उपचारको क्रममा क्लिनिकको शौचालयमा रहेको भेन्टिलेसनबाट भागेर फरार भएका थिए ।  

महोत्तरीको लोहारपट्टी  नगरपालिका ९ स्थित भ्रमरपुरा भगवानपुर निवासी यादव धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित माछा बजार बस्ने १६ बर्षीय अजय भन्ने अर्जुन साहको हत्या आरोपमा पक्राउ परेका थिए । 

प्रहरीका अनुसार यादव माथि साहको अपहरण तथा शरीर बन्धक ,कर्तव्य ज्यान, चोरी र आपराधिक षड्यन्त्र समेतको मुद्दामा महोत्तरी जिल्ला अदालतले पुर्पक्षको लागि भदै २३ गते थुनामा राख्न आदेश दिएको थियो । 

प्रहरीका अनुसार फरार रहेका यादवले अर्जुन साहको हत्या गर्न पूर्व योजना बनाई टेम्पो भाडामा लगी एकान्त स्थल घटनास्थलमा पुगेपछि घाँटी थिची हत्या गरी शव लुकाएका थिए । 

पक्राउ परेका यादव माथि कैदी बन्दी भागेको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button