तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे चयन

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्व मन्त्री एवं एमाले नेता महेन्द्रबहादुर पाण्डे चयन हुनुभएको छ ।

फाउण्डेशनको आज बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष उषाकिरण भण्डारीले व्यक्तिगत कारणले दिनुभएको राजीनामा स्वीकृत गर्दै उहाँलाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।

त्यसैगरी फाउण्डेशनका सचिव पेम्वा लामाले दिनुभएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

अखिल नेपाल महिला सङ्घको महासचिवमा निर्वाचित भएपछि लामाले राजीनामा दिनुभएको थियो ।

फाउण्डेशनले प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कारलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको फाउण्डेशनका नवनिर्वाचित अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button