तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका –३, झुम्सा पुल नजिकै बस र स्कुटी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका –४, का ४३ वर्षीय राजेन्द्र न्यौपानेको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते न्यौपानेको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनापछि प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button