कोशी प्रदेश नामाकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको बताउनुभएको छ ।

नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औँ कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको उद्घाटन गर्दै उहाँले प्रदेशको नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई सबैले आत्मसाथ गर्दै जानुपर्छ भन्नुभयो ।
उहाँले समय क्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने भएकाले यस विषयमा धेरै विवाद नगर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्