तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयकका सम्बन्धमा  छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान भएको भेटमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयकमा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल सकारात्मक भए पनि कुनै सहमति नजुटेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button