प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सुदर्शन सिल्वाललाई प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । साथै सिल्वाल श्री सैनिक ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त हुनु भएको छ ।
सोही अवसरमा, प्रधान सेनापति शर्माले महासेनानी दर्जामा पदोन्नति हुनु भएका तीनजना प्रमुख सेनानीहरूलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
२०७९ चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिल्वाललाई उपरथी दर्जामा पदोन्नति गरेको थियो । कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्