अमेरिकाको केन्टकिमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको केन्टकि राज्यको लुइभिल सहरस्थित एक बैङ्कमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
उक्त बन्दुकधारी बैङ्ककै कर्मचारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
मृत्यु हुनेहरू ४० देखि ६४ वर्ष उमेरका रहेका बिबिसीले जनाएको छ ।
लुइभिलको ओल्ड न्यासनल बैङ्कमा भएको गोली प्रहारमा ९ जना घाइते भएका छन् ।
अभियुक्तलाई प्रहरीले गोली हानी हत्या गरेको बिबिसीले बताएको छ ।







प्रतिक्रिया राख्नुहोस्