तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल प्रसारण पत्रकारिताकाे पाठशाला : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रसारण पत्रकारिताको इतिहासमा रेडियो नेपाललाई पाठशालाको रुपमा लिन सकिने जनाउनुभएको छ ।

रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले प्राकृतिक विपत् र महामारीका बेला सत्यतथ्य सूचना प्रवाह गरी रेडियो नेपालले सराहनीय भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।

सूचना प्रविधि तथा इन्टरनेटको विकासबाट आमसञ्चार माध्यममा थपिएको चुनौतीलाई अवसरका रुपमा उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न रेडियो नेपालले अहम् भूमिका खेल्नसक्ने राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देश मार्फत् राष्ट्रपति पौडेलले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी रेडियो नेपालले आफूलाई आधुनिक समय अनुसार प्रतिस्पर्धी र व्यावसायिक बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button