‘जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न सक्दैन’
राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।

रामनवमीको अवसरमा बिहीबार सप्तरीको भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राउतले आजभोलि सबै जना आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले यस्ता प्रवृत्तिबाट समाजको विकास हुन नसक्ने बताउनुभयो ।
राजधोव जाती अझै शिक्षामा पछाडि रहेकाले त्यसमा बढी ध्यान दिन जरुरी रहेको अध्यक्ष राउतको भनाइ छ ।
कार्यक्रममा नेपाल र भारतबाट राजधोव स्वजातीय सङ्गठनहरूका मैनजन, थानपति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्