एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र चीनका राजदूत चेन सोङ्गबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच आज भेटवार्ता भएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङ्ग पोखरेल निवास धापासी पुग्नुभएको थियो ।

पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ । भेटका क्रममा उहाँहरूले दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्