तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याजी पीडितसँग गृह मन्त्रालयको टोलीको भेट

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटर ब्याजी पीडितसँग भेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ । भेटमा मिटर ब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वस्त पार्नुभएको थियो । 

सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो । “यस विषयमा सरकार संवेदनशील छ, सकारात्मक छ भनेर सम्झायौँ”, भेटघाटमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भन्नुभयो । पीडितले प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेको कुरा व्यक्त भएको उहाँले बताउनुभयो । 

मिटर ब्याजी पीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौँ आएका हुन् । सरकारले उनीहरूको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनलाई संसद्मा लैजाने निर्णय गर्न लागेको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button