एमाले सरकार ढलाउने र बनाउने पक्षमा छैन : उपाध्यक्ष पौडेल
अछाम । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एमाले सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताउनुभएको छ ।

नेकपा एमाले मिशन ग्रासरुट कार्यक्रमका लागि अछाम पुग्नुभएका नेता पौडेलसँग प्रेस चौतारी अछामले साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले एमाले आफ्ना गाउँगाउँमा रहेका कार्यकर्तासँग केन्द्रित भएको बताउनुभयो ।
पत्रकार सम्मेलनपछि अगुवा कार्यकर्ता प्रशिक्षणमा एमाले उपाध्यक्ष पौडेलले ग्रासरूट अभियानबाट आगामी निर्वाचनमा तीन वटै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी गर्नुभयो ।

प्रतिपक्षमा बसेर नेकपा एमालेले सरकारका गलत काममा कडा खबरदारी गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेता पौडेलसँगै नेकपा एमालेका सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य कर्ण बहादुर थापा, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व मन्त्री दामोदर भण्डारी लगायतका नेताहरूले प्रशिक्षण दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्