केपी शर्मा ओलीको ‘केपी बा युटुब च्यानलमा ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’

काठमाडौँ I नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युटुब च्यानलमा उहाँको संस्मरणको दोस्रो भाग आज अपलोड भएको छ । ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको उक्त भिडियो २९ मिनेटको रहेको छ ।
यसअघि अध्यक्ष ओलीको ७१ औँ जन्मदिनको अवसरमा उक्त भिडियो च्यानल सुरु गरिएको थियो । पहिलो भागमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा उहाँले मृत्युबाट संयोगवश बाँचेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । दोस्रो भागमा जेलभित्रको जेलका रुपमा मानिने गोलघर भित्रको आफ्नो जीवनबारे बताउनु भएको छ ।
अध्यक्ष ओलीले निरङ्कुश व्यवस्था विरुद्ध कठोर सङ्घर्ष र यातनापूर्ण जेल जीवन लगायतका विषयमा नयाँ पुस्तासँग आफूलाई क्रमशः साक्षात्कार गर्नुहुने छ । लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको अहिलेको समाज र बोल्ने, लेख्ने, दल खोल्ने तथा सङ्गठित गतिविधि गरे सजाय हुने त्यस बेलाको समाजको भेदलाई बुझ्न समेत यसले सघाउ पु¥याउने छ ।
विचार र वाक् स्वतन्त्रतामा बन्देज रहेको र दलहरूमाथि प्रतिबन्ध रहेको निरङ्कुश पञ्चायती व्यवस्थाको कठोर कालखण्डमा राज्य विरुद्धको अपराधको झुठा मुद्दा लगाएर ओलीलाई १४ वर्षे कठोर कारावास राखिएको थियो । १४ वर्षको जेल जीवनमध्ये ४ वर्षसम्म ओलीलाई गोलघरमा राखिएको थियो ।
भिडियो :







प्रतिक्रिया राख्नुहोस्