डडेल्धुरामा असिनाका कारण खेतीपातीमा ठूलो क्षति
डडेल्धुरा । डडेल्धुरामा भित्र्याउन लागिएको अन्नबालीमा असिनाले ठूलो क्षति पुर्याएको छ ।
आज पानीसँगै परेको असिनाले डडेल्धुराका विभिन्न स्थानीय तहमा भित्र्याउन बेला भएको अन्नबालीमा ठूलो क्षति पुर्याएको हो ।
असिनाका कारण धानबाली र तरकारी खेतीमा निकै क्षति पुगेको कृषि ज्ञान केन्द्र डडेल्धुराका रामचन्द्र भट्टले जानकारी दिनुभयो । अन्नबालीका साथै तरकारी बालीमा ठूलो क्षति गरेको भट्टले बताउनुभयो । अन्न भित्र्याउने बेला परेको असिनाले भोकमरी हुने सम्भावना रहेको उहाँको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्