सेनाको ट्रक अनियन्त्रित भई पल्टिँदा तीनजना घाइते

चितवन । चितवनमा सेनाको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकमा सवार तीनजना सेना घाइते भएका छन् ।
आज दिउसो २ बजेर ५५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा काठमाडौँबाट अम्लेखगञ्ज बाराको लागि हिँडेको भैरवनाथ गणको लु १ ग १०९ नम्बरको ट्रक दुर्घटना भएको हो ।
ट्रकमा सवार १४ जना मध्ये ३ जना मध्यम घाइते भई पुरानो मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । हाल उक्त सडक खण्ड बाटो एक तर्फ सुचारु रहेको, र प्रहरी चौकी जुगेडीबाट प्रहरी टोली खटी गएको र ट्रक पन्छाउने कार्य भई रहेको छ ।

पुरानो मेडिकल कलेमा उपचार भई रहेको घाइतेहरू
१. ट्रक चालक–नेपाली सेनाको अमल्दार बर्ष ३३ को कृष्ण प्याकुरेल, मध्यम,
२. नेपाली सेनाको जमदार बर्ष ३९ को उत्तम कार्की, मध्यम
३. नेपाली सेनाको अमल्दार बर्ष ३२ को केआई सिंह, सामान्य







प्रतिक्रिया राख्नुहोस्