तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको एक पसलमा आगलागी  हुँदा ५ जना घाइते 

सल्यान । सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा ५ जना घाइते भएका छन् । गएराती शङ्कर रानाको किराना पसलमा एक्कासी आगलागी हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आगलागीमा परी पसल साहु कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शङ्कर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

घाइतेहरूको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका  लागि कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको उहाँको भनाई छ । घाइते ५ जना मध्ये शङ्कर, यज्ञ जीवन र संजिवको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button