तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक संघ काभ्रेमा सर्वसम्मत नेतृत्व चयन 

काभ्रेपलान्चोक ।   नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । 

नवौं जिल्ला अधिवेशनबाट शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

समितिकोको उपाध्यक्ष (महिला) मा रुपा थापा, उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ) मा महेश्वरी थापा, सहसचिव (समावेशी) मा रामप्रसाद चौलागाई र नवराज लामा निर्विरोध निर्वाचित हुनुभएको छ । 

सदस्यमा दिनानाथ ढुङ्गाना, पञ्चसिंह लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सिता कँडेल,पुर्णदास श्रेष्ठ निर्विरोध भए । संघीय प्रतिनिधिमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हिराबहादुर लामा, गोविन्द शर्मा,  सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना र प्रदेश प्रतिनिधिमा ध्रुवप्रसाद चौलागाई, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुङ्गाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ  । निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद भट्टराईले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । 

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान, कर्तव्य र जिम्मेवारी विशिष्ट भएको तर्क गर्नुभयो । उहाँले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन योगदान गर्न शिक्षकहरूलाई अनुरोध गर्नुभयो । प्रतिनिधि सभा सदस्य समेत रहेका उहाँले संघीय शिक्षा ऐन तदारुकताका अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो  । प्रदेश सभा सदस्य समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले संघीय शिक्षा ऐन बनाउनको लागि पार्टी र आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा नेपाल शिक्षक संघका बाग्मती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, संघीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, काँग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाल शिक्षक महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष आश्विनप्रसाद चौलागाई, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, उपाध्यक्ष रुपा थापा लगायतले लोकतान्त्रिक व्यवस्थाका लागि शिक्षकको भूमिकाको चर्चा गर्दै कांग्रेस सरकारका पालामा मात्रै शिक्षक हकहितका विषय सम्बोधन भएको तर्क गर्नुभयो । 

कार्यक्रममा शिक्षक संघ काभ्रेपलाञ्चोकको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button