तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिनुभयो । 

बैठक बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताउनुभयो । 

उक्त बैठकमा उपस्थितिका लागि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button