राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँहरूबिचको यो पहिलो औपचारिक भेटवार्ता हो ।
पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्