तपाईँ सुन्दै हुनुहुन्छः

‘रुग्ण आयोजना समयमै सम्पन्न गर्ने प्रयासमा छौँ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताउनुभएको छ । त्यसका लागि निर्माण व्यवसायीहरूको काममा लगातार अनुगमन गरिरहेको उहाँको भनाइ छ ।

शुक्रबार काठमाडौँ उपत्यकाका भैँसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपास लगायतका क्षेत्रको अनुगमन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले आफूले निर्देशन मात्र नदिई आयोजनाहरूको प्रगतिबारे पनि अनुगमन गरिरहने बताउनुभयो ।

उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ । उहाँले कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्‌ लगायत अन्य कार्यालयहरूको कारण ढिलाइ भइरहेको बताउनुभयो । निर्माण व्यवसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको उहाँको भनाइ छ । कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताउनुभयो ।

गुणस्तरीय सडकमा हिँड्न पाउनु नागरिकको अधिकार भएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button