तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती । मकवानपुरमा आज भएको दुई फरक–फरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो मकवानपुरको भीमफेदी–४, ठूलो गुन्डेङ भन्ने स्थानमा भैँसेतर्फ आउँदै गरेको ना२ह ४६८९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सिमा खस्दा अटो चालक भीमफेदी–२, भैँसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै आजै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा नवलपुरबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको मालवाहक गाडीले ठक्कर दिँदा हेटौँडा–१४, नयाँबस्ती बस्ने ५० वर्षीया शान्तीमाया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button