मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते
गोरखा । गोरखा सदरमुकाममा आज भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भई गोरखा अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गम्भीर घाइते हुनेहरूमा बर्दिया घर भई हाल राष्ट्रिय वाणिज्य बैङ्क गजुरी शाखामा कार्यरत मङ्गल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैङ्क गजुरी शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका बुद्धि नेपाली छन् । उनीहरू तीन जनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा शहिद लखन गाउँपालिका ७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखन १ का नारायण भुजेल रहेका छन् । उनीहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयनजिक पुगेको थियो ।
ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्