तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा पाँच सयलाई भिक्षु बनाउन प्रव्रज्या शुरु

रुपन्देही । बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) कार्यक्रम सुरु भएको छ । प्रत्येक वर्ष अल्पकालीन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरी प्रव्रज्या गर्ने गरिन्छ ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको संयुक्त आयोजना आइतबार लुम्बिनीस्थित कोरियन विहारमा प्रव्रज्या शुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरूलाई प्रव्रज्या (अल्पकालीन भिक्षु) शुरु गरेका हुन् ।

उक्त अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालिन भिक्षु बन्न तयार भएकाहरूलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गर्नुभयो । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईको सहभागिता रहेको थियो ।  शनिबार काठमाडौँमा प्रव्रज्या गरिएको थियो ।

काठमाडौँ र लुम्बिनीमा गरी ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासङ्घले जनाएको छ । आगामी चैत्र २ गते बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा ५ सय जनाको प्रव्रज्या हुने संस्थाले जनाएको छ । प्रव्रज्याको समापन चैत्र १७ गते हुने भएको जनाइएको छ । लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button