राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहकाबीच उहाँलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो ।

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति , पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, नेपाल सरकारका मन्त्रीहरू, प्रदेश प्रमुखहरू, संवैधानिक अङ्गका प्रमुखहरू, सांसदहरु, नेपालस्थित विदेशी नियोगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, उच्चपदस्थ व्यक्तिहरू, समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया राख्नुहोस्