हिरासतको पर्खाल फोडेर फरार थुनुवा लामो समयपछि पक्राउ

जनकपुरधाम । धनुषा जिल्लाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतको पर्खाल फोडेर फरार रहेका एक जना थुनुवा लामो समयपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नंं ७ बस्ने वर्ष ३६ शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
उनलाई गए राति ८ः०० बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकिछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
गत माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका वडा नंं २ को नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राती इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए ।
जसमध्ये चार जनालाई भागेको एक साताभित्रै प्रहरीले पक्राउ गरेको थियो । फरार भएका मध्ये एक जना अझै फरार रहेको र खोजी गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्