ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

बेइजिङ । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनु भएको छ ।
ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको हो ।
१४औं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनले ली छ्याङलाई प्रधानमन्त्रीमा चयन गरेको थियो । त्यसपछि राष्ट्रपति सी जिनपिङले उहाँलाई प्रधानमन्त्रीमा मनोनयन गर्ने निर्णयमा शनिबार बिहान हस्ताक्षर गर्नुभएकाे हाे ।
राष्ट्रपति सी जिनपिङका विश्वासपात्र ली छ्याङ चीनको सांघाई पार्टीका सचिव हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्