सत्तारुढ गठबन्धनबाट तीनवटा उम्मेदवारी दर्ता हुने, पछि सहमति खोजिने

काठमाडौं। सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा तीनवटा उम्मेदवारी दर्ता हुने भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिन लाग्नु भएकाे हाे ।
बैठकमा जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको बताइएकाे छ ।
अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका दुवै उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको बैठकमा सहभागि नेताहरुले बताउनुभएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्