तपाईँ सुन्दै हुनुहुन्छः

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल

काठमाडौं ।राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल ( नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताउनुभयो ।

उहाँले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरूले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button