तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई समवेदना दिन एमाले अध्यक्ष ओली शङ्खमूलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिनुभएको छ ।

आज दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुग्नुभई अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनपछि अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुग्नुभएको थियो ।

शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते हुनुभएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button