तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्ने

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले फागुन २५ गते बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे शुरु हुने छ । 

जसपाले भोलि बिहान सांसदहरूलाई बालकुमारीमा उपस्थित हुन भनेको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ । 

जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन् । प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button