तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुर बारद्वारा प्रभातफेरी कार्यक्रमको आयोजना

काठमाडौँ । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुर बार एशोसियशन महिला समितिले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

बारले “लैङ्गिक समानता बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” को नारासहित प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ललितपुर बारका सहसचिव तथा महिला समितिका संयोजक अधिवक्ता रिता शेर्पाले सबै क्षेत्रमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने र न्यायमा समेत समान पहुँच हुनुपर्ने बताउनुभयो ।

प्रभातफेरी ललितपुर बार एशोसियशनको कार्यालय लगनखेलबाट सुरु भएर मङ्गलबजार, पुल्चोक, जावलाखेल हुँदै पुनः लगनखेलसम्म पुगी कोणसभा गरि सम्पन्न भएको ललितपुर बारका सदस्य तथा महिला समितिका सदस्य सचिव अधिवक्ता सुशीला कार्कीले जानकारी दिनुभयो । साथै यस्ता कार्यक्रमले महिला सशक्तीकरणका लागि समेत मद्दत पुग्ने कार्कीले बताउनुभयो ।

प्रभातफेरीमा ललितपुर बार एशोसियशनका पूर्वअध्यक्ष, वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य, पार्षद् र ललितपुर बारमा आबद्ध एक सयभन्दा बढी कानून व्यवसायीहरूको सहभागिता रहेको थियो ।

आज देशैभर ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू गरि मनाइँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button