यसवर्षकाे महामूर्ख उपाधि मेयर मनोज साह र पटमूर्ख उपाधि पत्रकार ऋषि धमलालाई प्रदान

जनकपुरधाम । मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष होलीको पूर्वसन्ध्यामा प्रदान गर्दै आएको महामूर्खको उपाधि यसवर्ष जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहलाई प्रदान गरेको छ ।
मिथिला नाट्य कला परिषदले आज जानकी मन्दिरको परिसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनित यादवले नगरप्रमुख साहलाई दोसल्लासहित सम्मान पत्र हस्तान्तरण गर्नुभयाे ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई पनि सम्मानित गरिएकाे छ । पत्रकार ऋषि धमलालाई पटमूर्खको उपाधि दिइयाे । यसैगरी डपौर शङ्खको उपाधि पूर्व डीई रत्नेश्वरलाल कर्णलाई प्रदान गरिएको छ भने वैशाखानन्दको उपाधि महोत्तरीकाे मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई प्रदान गरिएको छ ।
यसैगरी महिला राजनीतिज्ञ विभा ठाकुरलाई रङ्गपसारन, खेलाडी अरुणलाललाई खुबसुर्ता, सामुदायिक विद्यालयका प्रधानाध्यापक संजयकुमार झालाई कोठाशंकर र अधिवक्ता रेखा झालाई मनटुटीया, वन अधिकृत लालबाबु यादवलाई हराशंख, व्यवसायी बलराम साहलाई बज्रसोटा सम्मान दिइइाे ।
कार्यक्रममा पत्रकार विरेन्द्र रमणलाई सोटाकन्ट, सामाजिक अभियन्ता किरण झालाई टुनमुसरी र निजी विद्यालयका सञ्चालक डा. सोनु साहलाई बज्रईटको उपाधि दिइएकाे छ । सम्मान कार्यक्रममा उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले मिथिला नाट्य कला परिषदले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा खेलेको भूमिका अनुकरणीय रहेकाे बताउनुभयो ।
महामूर्खको उपाधिबाट सम्मानित हुनुभएका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले मिथिला नाट्य कला परिषदकाे सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्