तपाईँ सुन्दै हुनुहुन्छः

नौदलीय गठबन्धन बैठक : राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारलाई पूर्णता दिने सहमति

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन प्रतिनिधि तोक्ने निर्णय

काठमाडौँ । नौ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन संयन्त्रको आज बसेको बैठकले पर्सि हुने राष्ट्रपति निर्वाचनको मतदान, मतगणना लगायतका कार्यका लागि निर्वाचन प्रतिनिधि तोक्नका लागि तयारी गर्ने निर्णय गरेको छ । 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहित आज नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले हाललाई राष्ट्रपति निर्वाचनकै सम्बन्धमा छलफल केन्द्रित गरेको र राष्ट्रपतिको निर्वाचन पछि मात्रै सरकारलाई पूर्णता दिने लगायतका विषयमा सहमति खोज्ने निर्णय भएको बैठकपछि नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । 

राष्ट्रपति निर्वाचन परिचालन संयन्त्रका संयोजक समेत रहनुभएका काँग्रेस उपसभापति खड्काले वर्तमान सन्दर्भमा नौ वटै दलको ध्यान राष्ट्रपति निर्वाचनमै रहेको पनि बताउनुभयो । 

यस्तै बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भोलि बिहान ११ बजे सम्म गठबन्धनमा आबद्ध सबै सांसदहरूलाई काठमाडौँ आइपुग्न बैठकबाट निर्देशन समेत दिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button