तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा चार हल गोरु जुधाइयो 

ओखलढुङ्गा । ओखलढुङ्गामा गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत जिल्लामा पहिलो पटक गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा गाउँपालिका भित्रका चार हल अर्थात् ८ वटा गोरुहरुबीच प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये चम्पादेवी गाउँपालिका–८ का बलबहादुर राईको गोरु प्रथम भएको छ । यस्तै वडा नम्बर–९ का दिपक खड्काको गोरु दोस्रो र सोही वडाका छेक्पाल शेर्पाको गोरु तेस्रो भएको चम्पादेवी गाउँपालिका–४ का वडा अध्यक्ष एवम् खेल प्रचारप्रसार विभागका संयोजक इन्द्र केसीले जानकारी दिनुभयो । 

गोरु जुधाई तर्फ पहिलो, दोस्रो र तेस्रो हुने गोरुका धनी किसानले क्रमशः नगद रु ३० हजार, २० हजार र १० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button