तपाईँ सुन्दै हुनुहुन्छः

अरुण पुलको आठ वटा नट बेल्ट भाँचियो, सचेत रहन आग्रह

भोजपुर । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाट स्थित अरुण नदीको पुलमा लगाइएको नट बेल्ट भाँचिएको छ । नट बेल्ट भाँचिए पछि सवारीका साधनहरू आलो पालो प्रवेश गराउन थालिएको छ ।

पुलमा लगाइएको ८ वटा नट बेल्ट भाँचिएपछि १० टन भन्दा बढीका साधन प्रवेशमा समेत रोक लगाइएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना नै जारी गर्दै पुलमा लगाइएको नट बेल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

सडक डिभिजन कार्यालयले पुलको मध्य भागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको ८ वटा नट बेल्ट भाँचिएको हुँदा १० टन बढीको सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

तत्काल सुरक्षाकर्मी समेत परिचालन गरी पुलमा एक पटकमा एउटा सवारी साधन प्रवेश गर्ने व्यवस्था गरिएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button