प्रधानमन्त्री प्रचण्ड आदित्य मोक्षधाम महायज्ञमा सहभागी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती कुशादेवी दारिम्बोटस्थित आदित्य मोक्षधाममा आयोजित तीन दिने महायज्ञ महाअनुष्ठानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री दाहालले प्रस्तावित उक्त मोक्षधाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारी लिनुभयो । उहाँले विश्व कल्याण एवं सङ्कट निवारणको उद्देश्यका साथ आयोजित महाअनुष्ठानको होम तथा जलकुण्ड स्थानको समेत अवलोकन गर्नुभयो । उहाँले ओम आदि फाउन्डेसनको आयोजनामा भइरहेको महायज्ञ महाअनुष्ठान तथा मोक्षधाममा निर्माण गरिने भौतिक संरचनाबारे संस्थाका अध्यक्ष डा उपेन्द्र महतोसँग जानकारी समेत लिनुभयो ।

हिजो बिहीबारदेखि सुरु भएको महायज्ञ महाअनुष्ठान कार्यक्रममा १०८ कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवन, देवी भागवतसहित सात पुराण एवं दुर्गा सप्तशती चण्डी पाठ, चार वेद पाठ पारायण, दिव्य शिवलिङ्ग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्त अग्नि साधना र एक हजार आठ शिवलिङ्ग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्