तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेब्बर बढी कैदीवन्दी(भिडियो)

रेसुङ्गा I जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेब्बर बढी कैदीवन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमता भन्दा ५५ जना बढी कैदीवन्दी भएपछि दैनिकी कामहरु आलोपालो गर्नुपरेको हो । 

कारागारमा कैदीवन्दीको क्षमता मात्र २५ जना हो । वि.सं. २०२४ मा स्थापना भएको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहेपनि यहाँ अहिले तेब्बर भन्दा पाँचले बढी कैदीवन्दी छन् । कारागारमा हाल ८० जना कैदीवन्दी छन् । जसमध्ये ७३ पुरुष र सात महिला कैदीवन्दी रहेका छन् । 

जीर्ण भवनमा दिनानुदिन कैदीवन्दी थपिँदा समस्या भएको कारागारका निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले बताउनुभयो ।

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button