कोदालो प्रहार गरी श्रीमतीको हत्या

बागलुङ । बागलुङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् ।
घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ । रासस








प्रतिक्रिया राख्नुहोस्