तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको चुनावपछि बृहत् सहमतिको सरकार बन्छ : नेता सिंह 

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिको चुनाव सम्पन्न भएपछि मुलुकमा वृहत् सहमतिको सरकार बन्ने बताउनुभएको छ । 

धनुषाको पार्टी कार्यालयमा आयोजना आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता सिंहले राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल शुरु हुने बताउनुभयो । 

उहाँले उपराष्ट्रपति जनता समाजवादी पार्टीको भागमा परेको र सो पार्टीले राम्रो उम्मेदवार दिने आशा व्यक्त गर्नुभयो । 

उहाँले जनताको अभिमतबाट बनेको संविधानको रक्षा गर्दै सोको कार्यान्वयन गर्न भएको निर्वाचनमा भएको गठबन्धन दलहरू पुनः एक ठाउँमा आएको बताउनुभयो । 

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले वर्तमान गठबन्धन लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर रुपमा अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । 

उहाँले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन हुन आवश्यक भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button