तपाईँ सुन्दै हुनुहुन्छः

आठ दलीय गठबन्धनद्वारा सांसदहरूलाई अभिमुखीकरण 

काठमाडौँ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि यही फागुन २५ गते हुने निर्वाचन र राजनीतिक दलको तर्फबाट उम्मेदवार हुनुभएका पूर्व सभामुख रामचन्द्र पौडेललाई निर्वाचित गराउन अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । 

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउनका लागि कार्यक्रमको आयोजना गरिएको छ । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा  र वरिष्ठ नेता रामचन्द्र पौडेल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका नेताहरू रामशहय यादव, अशोक राई , लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अब्दुल खान , नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चा पार्टीकी उपाध्यक्ष दुर्गा पौडेल लगायत आठ दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।

तस्बिर : मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button