राष्ट्रपति भण्डारी दोलखामा

दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि बिहीबार दोलखा आइपुग्नुभएको छ । उहाँले भीमेश्वरमा करिब आधा घण्टा रूद्री पूजा गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीलाई भीमेश्वर मन्दिरमा वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियासहित पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललगायतले स्वागत गर्नुभएको छ ।
राष्ट्रप्रमुखका रूपमा उहाँको यो पहिलो दोलखा भ्रमण हो ।








प्रतिक्रिया राख्नुहोस्