विभिन्न दलका शीर्ष नेता भेट्दै नेम्वाङ

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज (बिहीबार) विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्दै हुनुहुन्छ ।
नेम्वाङले आज बिहान ११ बजे एकीकृत समाजवादीका पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पार्टी कार्यालय तीनकुनेमा भेट्नु भएकाे छ ।
नेम्वाङले आजै १ : ०० बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत भेट्नु हुनेछ । यसै गरी नेम्वाङले आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिउसो २ः३० बजे राप्रपा केन्द्रीय कार्यालयमा भेट्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
भेटमा नेम्वाङसँगै एमाले नेता विष्णु पौडेल , पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराई लगायतका नेताहरूसमेत सहभागी हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्