तपाईँ सुन्दै हुनुहुन्छः

पुलमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

वीरगञ्ज । पर्साको ठोरीस्थित शिकारीबास पुलमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा ठोरी गाउँपालिका ४, विजय बस्तीका २८ वर्षीय हर्क बहादुर श्रेष्ठ गम्भीर घाइते भएको र उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button