तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा काभ्रेका युवाहरूलाई हेयर कटिङ तालिम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा युवाहरूलाई स्वरोजगार हुन लक्षित गर्दै  हेयर कटिङ तालिम सुरु गरिएको छ । 

बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग तथा काभ्रेपलाञ्चोक जिल्ला युवा समितिको संयोजनमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा हिजो (मङ्गलबार) बाट हेयर कटिङ सम्बन्धी तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै घरेलु उद्योग महासङ्घ केन्द्रिय अध्यक्ष रोशनी उपाध्यायले युवाहरूको लागि रोजगारमूलक सिपको आवश्यक रहेको बताउनुभयो । उहाँले तालिम पछि युवाहरूले स्वरोजगार बन्न सक्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेको सिपको सही रुपमा सदुपयोग गर्न तालिममा सहभागी युवाहरू लाई अनुरोध समेत गर्नुभयो ।

बनेपामा रहेको पर्ल ब्युटी पार्लर ट्रेनिङ सेन्टरमा तालिम सञ्चालन भइरहेको र तालिममा २५ जना युवाहरूको सहभागिता रहेको जिल्ला युवा समितिले जनाएको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस सङ्गठन काभ्रे अध्यक्ष सन्तोष चौलागाईं लगायत प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । सिटिईभिटीबाट मान्यता प्राप्त उक्त तालिम ६५ दिन हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button