तपाईँ सुन्दै हुनुहुन्छः

छुटाछुटै सडक दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी । सप्तरीमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

जिल्लाको कञ्चनरुप नगरपालिका-९ विष्णु मन्दिर नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र २-०२-००१ च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा १८च ६६१७ नं को स्कारपियो एकआपसमा ठक्कर खाँदा एक महिलासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्तहास्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको जीजेआईओबीजी ८१३३ नं. को कारले ठक्कर दिँदा घाइते भएका ३५ वर्षीय पुरुषको भारदह अस्पताल उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने कार र चालक भारत सुपौल जिल्ला भिमनगरका ४९ वर्षीय राहुल सिंहलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button