अवैध भौतिक संरचना डोजर लगाई हटाइयो
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हरि खेतान बहुमुखी क्याम्पस अगाडी रहेको माइराम पोखरी अतिक्रमण गरी बनाइएका अवैध भौतिक संरचनामाथि डोजर लगाएर हटाएको छ ।

महानगरको सूचनालाई अटेर गरी नहटाइएको भौतिक संरचनामाथि आज डोजर चलाएर हटाइएको वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुषालले जानकारी दिनुभयो ।

महानगरले माइराम पोखरी क्षेत्रमा रहेका अवैध संरचना हटाउन सम्बन्धित पक्षलाई पटक पटक आग्रह गरेको भए पनि महानगरको निर्देशनलाई अटेर गरेपछि आज बाध्य भएर डोजर चलाउनुपरेको नगर प्रहरी प्रमुख भुषालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्