तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ लामिडाँडामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ का २० वर्षीय गौतम तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका ७ की १९ वर्षीय सांगी तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिरोकिलोबाट पाँचखालतर्फ आउँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button